वीरगन्ज :

एमालेको सरकार भयो भने बजेटको कमी हुँदैनः ओली

श्रेणी : राजनीति

2 years
birgunj report
10Views
0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित गर्दै थर ठेगाना थाहा नभएकाले चुनाव नजित्ने बताएका छन् ।

बिहीबार बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव लड्न आएकाहरु लडेर फर्किने बताए । उनले यस क्षेत्रमा एमाले उम्मेदवार पुरुषोत्तम पौडेलको जित सुनिश्चित भएको दाबी गरे । अघिल्लो पटक यस क्षेत्र जसपालाई छाडेकोमा काम नलागेको भन्दै उनले पौडेलले जितेपछि बीचमा राजीनामा दिएर नभाग्ने बताए ।

अध्यक्ष ओलीले गठबन्धनको सरकारले विकासका योजना काटेर आफन्त पोसेको आरोप लगाए । उनले यो सरकार रहिरहे बृद्धभत्ता काट्ने बताए ।

उनले भने, ‘हामीले जेष्ठ नागरिक भत्ता चार हजार पुर्याएका थियौं । अहिलेसम्म त पाउँदै हुनुहुन्छ होला यही सरकार कायम रह्यो भने केही महिनाभित्र वृद्धभत्ता नपाउने खतरा छ । यसले रोक्छ ।’

२० वर्षमा नभएको काम आफूहरुले तीन वर्षमा गरेको भन्दै अध्यक्ष ओलीले गठबन्धनले त्यसलाई रोक्ने काम गरेको आरोप लगाए । उनले सेनालाई बंकरबाट ब्यारेकमा अभियान थालेको तर यो सरकारले रोकेको आरोप लगाए । उनले यो सरकार रहिरहे प्रहरीले लुगा लगाउन नपाउने बताए । उनले एमालेको सरकार आए बजेटको समस्या नहुने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *