श्रेणी : BANNER
16Views
0
Shares
कर्णाली । कर्णाली प्रदेशमा नेकपा एमालेको अध्यक्षमा गुलावजंग शाह निर्वाचित भएका छन् । मीनबहादुर शाहीलाई पराजित गर्दै शाह अध्यक्षमा निर्वाचित भएका हुन् । शाह ३६९ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिपस्पर्धी शाहीले २०७ मत पाए । अध्यक्षका अर्का प्रत्यासी प्रकाश रोकायाले ४ मत प्राप्त गरेका छन् ।
यस्तै, उपाध्यक्षमा जुम्लाका टेकराज पछाई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जाजजरकोटका लालबहादुर महतारा र मुगुका दानसिं परियार पराजित भए । यस्तै सचिवमा सुर्खेतका ध्रुवकुमार शाही विजयी हुँदा दैलेखका रुद्रबहादुर शाही पराजित भए ।
प्रतिक्रिया