वीरगन्ज :

एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित

श्रेणी : खेलकुद

3 years
birgunj report
31Views
0 Shares

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् ।

एन्फाको बुधबार बसेको विशेष साधारणसभामा भएको पुनः निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् । गत असार ६ गते सम्पन्न निर्वाचनमा १५ सदस्य निर्वाचित हुनुपर्नेमा १३ जनामात्र निर्वाचित भएका थिए । दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा भएको छ ।

यसअघिको निर्वाचनमा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित वरिष्ठ उपाध्यक्ष, चारजना उपाध्यक्ष र १३ सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *