वीरगन्ज :

एनसीएकाे प्रथम अन्तर्राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न

श्रेणी : अन्तर्राष्ट्रिय

6 months
Pradeep Sah
1.9kViews
1143 Shares

वीरगंज,१७ माघ – नेपाल कमर्स एशोसिएसनको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन बिहिवार वीरगंजमा सम्पन्न भएको छ ।
वीरगंजको होटल भिस्वामा सम्पन्न भएको एनसीए सम्मेलनको इण्डियन कमर्स एशोसिएसनका उपाध्यक्ष तथा पूर्वाञ्चल विश्वविद्यालय जाउनपुर युपीका प्रमुख मानस पाण्डेले उदघाटन गरेका थिए ।

एसोसिएसनका अध्यक्ष डा. दिपेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिभिन्न बिद्याका बिज्ञहरुले २१ वटा विभिन्न विषय र क्षेत्रको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अथिती मानसले अहिलेको जमाना अनुसन्धान तथा अविष्कारको युग रहेको चर्चा गर्दै त्यसको लागि सोहि अनुसारको बतावरण हुनु पर्ने कुरामा जोड दिएका थिए ।

विज्ञले अनुसान्धान गरेको कार्यपत्रको प्रस्तुत गर्नका लागि एनसीए जस्तो प्लेटफर्मको स्थान हुनु निकै राम्रो कुरा रहेको बताए । उनले नयाँ पुस्ताले सैद्धान्तिक ज्ञानसँगै स्किलफुल शिक्षा लिनु पर्ने तथा कर्मसको बिधार्थी भएपछि देशलाई बिकासको बाटो कसरी अगाडी बढान सकिन्छ भन्ने दिशामा काम गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रलाई सम्बोधन गर्दै एनसीएका अध्यक्ष डा. दिपेन्द्र चौधरीले उद्योग र व्यावसायमा गरिने अध्ययन र अनुसन्धान तथा सम्भाव्यतालाई संस्थागत गर्ने उद्देश्यले एनसीएको स्थापना गरिएको बताए । उनले संस्थाले वाणिज्य र व्यावस्थापनमा नेपालको आर्थिक भविष्यको खोजीका लागि सम्मेलनको आयोजना गरेको बताए । एनसीएले आफ्नो बार्षिक उत्सवको अवसर पारेर गर्ने कार्यक्रममा सभागिताका लागि सबै बिज्ञ र अथितीहरुलाई डा. चौधरीले धन्यवाद समेत दिएका थिए ।

कार्यक्रमको उदघाटन सत्रमा प्रमुख अतिथि पूर्जवाञ्चल विश्वविद्यालयका बिजिनेस तथा ईकोनोमिक विभाग प्रमुख तथा अल इण्डिया कमर्स एशोसिएसनका उपाध्यक्ष प्रा. डा. मानस पाण्डे , राजर्षी जनक विश्व विद्यालयका डिन डा.विनोद साह, महेन्द्र बहुमुखी क्याम्पस धरानका अनुसन्धान समितिका प्रमुख प्रा.अशोक झा, नेपाल कमर्स क्याम्पसका सहअध्यक्ष डा.सुरेन्द्र महतो, ठाकुरराम बहुमुखि क्याम्पसका पूर्व क्याम्पस चिफ डा. ललन दिवेदी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, वडा नम्बर ३ का अध्यक्ष बैजु स्वर्णकार, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, बरिष्ठ उपाध्यक्ष हरि गौतम लगायत सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *