वीरगन्ज :

एनपीएल च्याम्पियन जनकपुर बोल्ट्सको ‘ट्रफी परेड’ आज वीरगन्जमा

श्रेणी : खेलकुद

5 months
Pradeep Sah
3.0kViews
1027 Shares

बीरगन्ज, १४ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सले विजय उत्सव मनाउने क्रममा आज वीरगन्जमा ‘ट्रफी परेड’ आयोजना गर्दैछ। पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहका अनुसार, जनकपुरबाट सुरु भएको यो परेड मधेस प्रदेशका सबै जिल्लामा आयोजित हुनेछ ।

जनकपुर बोल्ट्सको टिम अहिले रौतहटको गौरमा छ। त्यहाँको कार्यक्रम सकेर उनीहरू बाराको कलैयामा ‘ट्रफी परेड’ गर्नेछन्। त्यसपछि, दिउँसो ३ बजेपछि टिम वीरगन्ज आइपुग्ने अपेक्षा गरिएको छ। वीरगन्जमा टिमलाई भव्य स्वागतको तयारी भइरहेको छ ।

गत पुस ६ गते सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै एनपीएल उपाधि जितेको जनकपुर बोल्ट्सले मधेस प्रदेशका आठै जिल्लामा विजय उत्सव मनाउने निर्णय गरेको छ। जनकपुरबाट सुरु भएको यो परेड सिरहा र सप्तरीसम्म पुग्नेछ ।

एनपीएलको ऐतिहासिक उपाधि जितेको जनकपुर बोल्ट्सले आफ्नो सफलता सम्पूर्ण मधेस प्रदेशसँग बाँड्न चाहेको जनाएको छ। यस परेडले क्रिकेटप्रति स्थानीय उत्साह र जनसहभागिता अझ बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *