श्रेणी : मधेस
      2.7kViews
      
      
      1364
      Shares
      
      
वीरगंज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ वीरगंज शाखाको वार्षिक साधारण सभा तथा होली मिलन समारोह सम्पन्न भएकाे छ । बाल उधान (चिल्ड्रेन्स पार्क) को प्राङ्गणमा भएकाे कार्यक्रमकाे उद्घाटन नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ वीरगंज शाखाका अध्यक्ष राम गोसाईले गरेका थिए ।
अध्यक्ष गाेसाई कै अध्यक्षतामा भएकाे कार्यक्रममा कोषाध्यक्ष शेखर चन्द्र पंजियारले गत आर्थिक बर्षकाे आय- ब्यय प्रस्तुत गरेका थिए भने सचिव मौषम राज भटराईले प्रगती प्रतिबेदन एवं प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । सचिव र काेषाध्यक्षबाट प्रस्तुत प्रतिवेदन कार्यसमिती सदस्य एवं साधारण सद्स्यहरुले ताली बजाइ प्रतिबेदन पारित गरेका थिए ।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष मनोज साह, केन्द्रीय सचिव नरेन मेहता, राजकुमार चौधरी, कृष्णा चौधरी, अखिलेश प्रजापति, दिनेश गुप्ता, धर्मेन्द्र कुशवाहा, गौतम कर्ण, श्याम साह, विवेक चौधरी, दीपेन्द्र कलवार, विकाश कुशवाहा, अजित कुशवाहा, दीपेन यादव, नितेश पटेल, सुनील माली लगायतको उपस्थिति रहेको थियो ।
    
    
    
									
        
        
प्रतिक्रिया