श्रेणी : अर्थ
काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रोशनकुमार न्यौपाने नियुक्त भएका छन्।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको ५७३औं बैंठकले न्यौपानेलाई मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको अवधिको लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको हो।
सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपालमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए।
सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकको नेतृत्व सम्हाले पछिको छोटो अवधिमा नै बैंक सञ्चालक समितिको २०७५ मंसिर १६ को ३७९औं बैंठकले उनलाई ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बूढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकिङ क्षेत्रमा उदयमान भएका थिए।
उनले बैंकको नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै गर्दा बैंक अधिकांश वित्तीय सूचकांकहरूमा पहिलो नम्बरमा पुगेको बताइएको छ।
प्रतिक्रिया