वीरगन्ज :

एथ्लेटिक्समा निशाको राष्ट्रिय कीर्तिमान

श्रेणी : खेलकुद

3 years
birgunj report
143Views
0 Shares

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । पोखरा रंगशालामा शनिबार विहान हिट चरणमै निशाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

निशा ले निर्धारित दुरी १२.१५ सेकेन्डको समयमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । यसअघि देवीमाया पनेरुको नाममा १२.१९ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *