वीरगंज (पर्सा), ७ मंसिर । वीरगंज महानगरपालिका–८, पानीटंकी (प्रभु अस्पताल नजिक) स्थित एजुकाया इन्टरनेशनल प्रा. लि. शिक्षा परामर्ष केन्द्रको भव्य उद्घाटन कार्यक्रम उत्साह, उमंग र सकारात्मक ऊर्जाबीच सम्पन्न भएको छ ।
दिउँसो ३ः०० बजे औपचारिक रूपमा सुरु भएको सो कार्यक्रम कन्सल्टेन्सीका निर्देशक शेख अजहर, शेख अम्जद र अमन गुप्ताका मातृश्रीहरूले संयुक्त रूपमा शुभहात राखी उद्घाटन गरेका थिए, जसले उद्घाटन समारोहलाई पारिवारिक स्नेह, आशीर्वाद र हार्दिक भावनाले झनै विशेष बनाएको थियो ।
उद्घाटन समारोहमा नेशनल प्याब्सनका अध्यक्ष जियालाल गुप्ता, प्याब्सन पर्साका अध्यक्ष राहुल श्रीवास्तव, जि.एच.पी. स्कुलीकी प्रिन्सिपल रामी कौर, कदम्बरी एकेडेमीका प्रिन्सिपल दिपक तुलस्यान, डेसिमल कलेजका निर्देशक सन्नी दुबे सहित वीरगंजका प्रतिष्ठित शैक्षिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अतिथिहरूले एजुकाया इन्टरनेशनलको स्थापना वीरगंजको शैक्षिक क्षेत्रका लागि प्रेरणादायी कदम भएको बताउँदै, यसले विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श, सुस्पष्ट मार्गदर्शन र उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
एजुकाया इन्टरनेशनलले विदेश अध्ययनका लागि आवश्यक कागजी तथा शैक्षिक मार्गदर्शन, करियर काउन्सेलिङ, भाषा कक्षा र अन्य शैक्षिक सहयोग सेवामा विश्वसनीय र प्रभावकारी सेवा प्रदान गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ । समारोहलाई सफल र स्मरणीय बनाउन साथ दिने सबै अतिथि, विद्यालय–कलेजका प्रतिनिधि तथा शुभेच्छुकप्रति एजुकाया इन्टरनेशनल परिवारले हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गरेको छ ।

प्रतिक्रिया