वीरगन्ज :

एक वर्षमा आगलागीबाट एक सय दुईजनाको मृत्यु

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
1.9kViews
1307 Shares

काठमाडौँ, २७ चैत । गएको वैशाखदेखि यही चैतको तेस्रो सातासम्ममा आगलागीबाट नेपालमा एक सय दुईजनाको मृत्यु भएको छ ।

देशका विभिन्न क्षेत्रमा यो अवधिमा तीन हजार सात सय ९५ भन्दा बढी आगलागीका घटना भएकामा ती घटनामा एक सय दुईजनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

आगलागीबाट सो अवधिमा चार हजार सात सय २५ परिवार प्रभावित भएका छन् । आगलागीबाट रु दुई अर्ब ३३ करोड बढीको क्षति भएको प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिनुभयो । उहाँले बीचमा पानी परेका कारण आगलागी घटे पनि पुनः फैलिन थालेकाले सचेत हुन अनुरोध गर्नुभएको छ ।

यस वर्ष जाजरकोट भूकम्पबाहेक विपद्मा परेर मृत्यु हुने सबैभन्दा बढी आगलागीबाट रहेका छन् । सोही अवधिमा चट्याङबाट ४३ जनाको मृत्यु भएको छ । सर्पदंशबाट २०, हिमपहिरामा परेर १२, जनावरको आक्रमणबाट ४३, वन डढेलोबाट पाँच जनाको मृत्यु भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ । वैशाखयताका विपद्जन्य घटनामा चार सय ७७ जनाको मृत्यु भइसकेको प्राधिकरणले जनाएको छ । (रासस)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *