श्रेणी : राजनीति
काठमाडौं, भदौ २९ गते
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को ‘एक्सन’पछि क्यासिनोले ८४ लाख रुपैयाँ मनोरञ्जन कर बुझाएका छन् । काठमाडौं महानगरपालिकाले ८४ लाख रुपैयाँ मनोरञ्जन कर संकलन गरेको हो । महानगरपालिकालाई आर्थिक वर्ष २०७५–०७६ देखि बुझाउनुपर्ने मनोरञ्जन कर क्यासिनो तथा फनपार्कहरूले बुझाएका थिएनन् ।
७ बटा तारे होटलका क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पत्रचार गरेको भएपनि ४ क्यासिनोले मात्र कर बुझाएका छन् ।पत्रचार गरेपछि ८४ लाख ३४ हजार ९ सय ३१ रुपैयाँ कर संकलन भएको महानगरले जानकारी दिएको छ ।
‘सम्पर्कमा नरहेकाको हकमा भने महानगरले कानुनबमोजिम रित पुर्याएर चल अचल सम्पत्तिबाट कर संकलन महानगरल चेतावनी दिएको छ । पत्राचार र सूचना प्रवाह भएपछि कर भुक्तानीमा सकारात्मक अवस्था आएको छ ।
प्रतिक्रिया