श्रेणी : BANNER
वीरगंज (पर्सा), १२ चैत / वीरगन्ज स्थित एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) का कर्मचारीहरु तीन सुत्रीय मांग गर्दै आइतबार देखि आमहडताल गर्ने चेतावनी दिएका छन् ।
आइसिपि संचालनकाे जिम्मा कैलाश टर्मिनल्सले पाएपछि त्यहाँ कार्यरत कर्मचारीहरु बिचल्लीमा परेका छन् । उनीहरूले रोजगारीको सुनिश्चितताको माग गरेका छन् । ईसिपिमा कार्यरत ३२ जना कर्मचारीहरुको पहिलो माग नेपाल इन्टरमोडल यातायात विकास समितिबाट प्रत्येक १ वर्षको १ महिनाको दरले ५ वर्षको जम्मा ५ महिनाको कर्मचारीहरुलाई प्रोत्साहन भत्ता स्वरुप उपलब्ध गराइनु पर्ने रहेको छ ।
साथै उनीहरुले ठेक्का लिएको कैलाश टर्मिनल्ससँग खाइपाई आएको तलब सहित रोजगारीको सुनिश्चिता गर्न माग गरेका छन् । यसका लागि समिति र टर्मिानल व्यवस्थापक कम्पनी विच करार सम्झौता गर्दा अन्य शर्तहरुझै एकिकृत जाँच चौकी वीरगंजमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई रोजगारी सुरक्षा र कर्मचारीहरुलाई निम्नतम् पहिलो चरणमा नै १ वर्ष करार सम्झौता व्यवस्था हुनु पर्ने माग राखेका छन् ।
आफुहरुको माग पूरा नभए आइतबारदेखि सम्पूर्ण कर्मचारीहरु हड्तालमा जाने एक कर्मचारीले बताए । उनले भने, ‘आईसिपी संचालनको सुरुदेखि नै हामीले काम गरेका हौँ । लक्ष्य भन्दा पनि बढी आमदानी भएको छ । तर हाम्रो भविष्य व्यवस्थापन भएन भने आन्दालन गर्नुपर्ने बाध्यता छ ।’
एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) सन्चालनका ५ कम्पनीले आशयपत्र दर्ता गराएका थिए । कैलाशलाई तीमध्ये कैलाश जेभीले ५ वर्षका लागि १ अर्ब ८० करोड ९० लाख १ हजार २ सय रुपैयामा आइसिपी सन्चालनको ठेक्का पाएको हो । जसमा ६० प्रतिशत प्राविधिक र ४० प्रतिशत वित्तिय पक्ष रहेको छ ।
आइसिपीमा ३२ जना अस्थायी कर्मचारी, १० जना माली र १० स्वपरमा कार्यरत छन् । यसका साथै आइसिपीको आन्तरिक सुरक्षाको जिम्मेवारी गोर्खा सेक्युरिटीले हेर्दै आएको थियो । ‘लेबर’को लागि दैनिक ज्यालादारीको रुपमा १०० जनाको तिनवटा ठेक्केदारहरुको ग्रुप काम गर्दै आएको छ ।
यहाँ कार्यरत अधिकांश कर्मचारीहरु स्थानीय रहेका छन । आइसिपीको जग्गा अधिग्रहणको समयमा आईसिपी सञ्चालनमा आएपछि स्थानीयलाई पहिलो प्राथमिकता दिने सर्तमा जग्गा लिइएको थियो । आइसिपी सञ्चालनको जिम्मेवारी सरकारले ठेक्कामा दिएपछि त्यहाँ कार्यरत सबै कर्मचरीहरु बिच्चलीमा परेका हुन् ।
समितिको स्वामित्वमा वीरगन्ज र विराटनगरमा २ वटा आइसिपी, भैरहवा, काँकडभिट्टा, तातोपानी, चोभार र सिर्सियामा गरी ५ वटा सुक्खा बन्दरगाह रहेका छन् । आइसिपी वीरगन्ज र चोभार सुक्खा बन्दरगाह समितिले आफै सन्चालन गर्दै आएको थियाे । तर अब आइसिपी ठेक्कामा लगेपछि चोभार सुक्खा बन्दरगाह मात्र समितिले सन्चालन गर्नेछ । चोभार सुक्खा बन्दरगाह पनि निकट भविष्यमै निजी क्षेत्रलाई सन्चालनको जिम्मा दिने गृहकार्य भइरहेकाे बताइएकाे छ । वीरगंज टाईम्स
प्रतिक्रिया