श्रेणी : BANNER
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरुले सामूहिक रुपमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणा पत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको पार्टीका महासचिव भुसालले जानकारी दिए । घोषणापत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरिएको छ । उसले ओलीको कारण जनतामा राजनीतिप्रति वितृष्णा उत्पन्न भएको आरोप लगाएको छ । समाजवादीले घोषणापत्रमा ओलीले दक्षिणपन्थी अवसरवादको कारण यस्तो भएको उल्लेख छ ।
घोषणापत्रमा भनिएको छ,’२०७४ मा हामी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर चुनावी गठबन्धन बनाई यहाँहरूबीच आएका थियौँ र झन्डै दुई तिहाई संसदीय स्थानमा विजय प्राप्त गरी केपी ओलीको नेतृत्वमा संघीय सरकार निर्माण गरिएको थियो । त्यस सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिबद्धताअनुरूप काम नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीति प्रति नै वितृष्णा उत्पन्न हुन गयो ।’
ओली र एमालेलाई सुधार्न नसकेपछि विद्रोह गरेको जनाएको छ । नेकपा एकीकृत समाजवादीले प्राप्त उपलब्धीको रक्षा, लोकतान्त्रिक प्रणालीको सुदृढ र विस्तार र निर्वाचन प्रणालीमा परिवर्तन जस्ता एजेण्डालाई प्राथमिकता दिएको छ । घोषणापत्रमा मल कारखाना स्थापना गरिने, विदेश गएका युवालाई स्वदेश फर्काउने अभियान संचालन गर्ने उल्लेख छ ।
यस्तै, समाजवादीले ‘एक पालिका–एक उद्योग ग्राम’को योजना अघि सारेको छ । घरघरमा बिजुली, जनजनमा सेयरमा निती लागू गर्ने विषय घोषणापत्रमा समेटिएको छ । घोषणापत्रमा ओली सरकारले जनअपेक्षा र निर्वाचनको बेला जनतासमक्ष गरेको प्रतिबद्धताअनुसार काम नगरेको उल्लेख गरिएको छ ।
https://drive.google.com/file/d/1pUpPJFVklSsf58lP9d9L2RT_UhfTMukj/preview
प्रतिक्रिया