वीरगन्ज :

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक स्थगित

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
1.6kViews
1406 Shares

काठमाडौं, ०८ फागुन । आजका लागि तय भएको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

संविधानसभा सदस्य एवं पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको आज निधनपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले आजका लागि तय भएको बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको जानकारी दिए । बैठकका लागि नौवटा कार्यसूची तय गरिएको थियो ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *