काठमाडौं,२२ फागुन । नेकपा (एकीकृत समाजवादी) का गण्डकी प्रदेश उपाध्यक्ष र स्याङ्जा जिल्लाका अध्यक्ष विष्णु गिरीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी अनुसार गिरीलाई स्याङ्जा पुतलीबजार नगरपालिका-१४ स्थित उनको घरबाट पक्राउ गरिएको हो। फागुन २ गते जबरजस्ती करणीको मुद्दामा अदालतले पक्राउको अनुमति दिएपछि गिरीलाई नियन्त्रणमा लिइएको बताइएको छ।
प्रहरीले गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको जनाएको छ।
प्रतिक्रिया