वीरगन्ज :

ऋषि सुनक प्रधानमन्त्रीको प्रबल दाबेदार, जोनसन प्रतिस्पर्धामा नउत्रने

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
106Views
0 Shares

कन्जरभेटिभ दलको नेतृत्व दौडबाट अलग रहने घोषणा बोरिस जोनसनले गरेपछि पूर्वचान्सलर ऋषि सुनक ब्रिटेनको प्रधानमन्त्रीको रूपमा छनौट हुनसक्ने देखिएको छ । आफ्नी उत्तराधिकारी लिज ट्रसलाई प्रतिस्थापन गर्ने प्रतिस्पर्धामा आफू नउभिने ब्रिटिश पूर्वप्रधानमन्त्री जोनसनले यसअघि बताएका थिए ।

एउटा विज्ञप्तिमा उनले कन्जरभेटिभ दलको नेतृत्वको दौड जित्नसक्ने ’दह्रो आधार’ आफूसँग भएको जनाएका थिए । तर उनले दल एकताबद्ध नहुँदा आफूले प्रभावकारी रूपमा शासन गर्न नसक्ने भन्दै उम्मेदवारी नदिने निधो गरेको उल्लेख गरेका छन् । पूर्वचान्सलर ऋषि सुनक अहिले प्रधानमन्त्रीको दौडमा अगाडी देखिएका छन् ।

प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले निर्वाचन लड्नका लागि आवश्यक १०० सांसदहरूको समर्थन जुटाइसकेकी छैनन् । पेनी मोर्डन्टले सोमबार अपराह्नसम्म आफ्नो समर्थकहरूको दस्ता खडा गर्न नसके सुनकको जीत सुनिश्चित हुनेछ । जे जस्तो भएपनि यो हप्ताको अन्त्यसम्ममा ब्रिटेनले नयाँ प्रधानमन्त्री पाउनेछ । अब चुनिने प्रधानमन्त्री सात हप्ताको समयमा ब्रिटेनको तेस्रो प्रधानमन्त्री बन्नेछन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *