
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौं,२८ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी वीक–२०२५’ मा सहभागी हुन नयाँदिल्ली प्रस्थान गरेका छन्।
फेब्रुअरी ११ देखि १४ सम्म भारतको राजधानी नयाँदिल्लीमा आयोजना हुने ऊर्जा सप्ताह भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको संरक्षकत्वमा भारतीय पेट्रोलियम उद्योग महासंघद्वारा सम्पन्न हुँदैछ।
सम्मेलनमा भारतको कम कार्बन वृद्धि अर्थव्यवस्थाका लागि अग्रगामी मोडेल, ऊर्जा पहुँच, ऊर्जा सुरक्षा, किफायती ऊर्जा, र दिगोपनबारे छलफल हुनेछ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रममा करिब १० देशका ७० हजार ऊर्जा व्यवसायीको सहभागिता रहनेछ। ९० सत्रमा छलफल, ५०० वक्ताको प्रस्तुति र ७०० कम्पनीको प्रदर्शनी हुने बताइएको छ।
मन्त्री खड्काले ‘क्लिन कुकिङ’ र ‘इनर्जी एक्सेस ग्याप’ सम्बन्धी दुई मन्त्रीस्तरीय सत्रलाई सम्बोधन गर्नेछन्। ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारी र अर्थ विज्ञ अमित श्रेष्ठ पनि मन्त्रीको टोलीमा रहेका छन्।

प्रतिक्रिया