काठमाडौँ,१७ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आफ्ना सबै कार्यालयहरूमा प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरेको छ।
मन्त्रालयले वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन र दिगो विकासको लक्ष्यलाई व्यवहारमा उतार्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ। प्लास्टिकको अत्यधिक प्रयोगले वातावरणमा पारेको नकारात्मक प्रभाव न्यूनीकरण गर्दै अब वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्राथमिकता दिइनेछ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ को सचिवालयका अनुसार यो कदम सरकारी निकायहरूबीच सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।
मन्त्री श्रेष्ठले निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवाला पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया