श्रेणी : BANNER
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । सोमबार उम्मेदवारविरुद्ध परेका उजुरीमाथि छानबिन गरी निर्णय लिएपछि नामावली सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।
यस्तै उम्मेदवारविरुद्ध परेका उजुरीमाथि छानबिन गर्ने जिम्मा भने सम्बन्धित निर्वाचन अधिकृतलाई नै दिइएको छ। आज बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।
कार्यतालिका अनुसार भोलि बिहान १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ। बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ ।
प्रतिक्रिया