श्रेणी : BANNER
वीरगंज (पर्सा), २६ कात्तिक / पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अजय द्विवेदीको जित निश्चित रहेको चर्चा छ । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि चुनावी प्रचार प्रसार अभियान अन्तर्गत द्विवेदी आफ्नो क्षेत्रको विभिन्न गाउँ गाउँमा पुगी जनतासँग आशिर्वाद लिने तथा मत माग्ने कार्यलाई तिब्रता दिएका हुन् । वीरगंज महानगरपालिका वडा नं. १४ पिपरामा आज आयोजित घरदैलो कार्यक्रममा माछा उम्मेदवार द्विवेदीले राष्ट्र निर्माण कार्यमा सबै पार्टी असफल भईसकेकोले देशैभरि जागेको परिवर्तनको लहरमा एकचोटी ‘ माछा ’ छापमा मतदान गरि आफूलाई पनि काम गर्न मौका दिने आग्रह गरेका हुन् । यस क्षेत्रबाट उम्मेदवारी दिएका अन्य प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई उत्साजनक युवाहरुको साथ पाउँदै कडा टक्कर दिईरहेका माछा उम्मेदवार द्विवेदीले अब यहाँका नागरिकहरुले मुल्याङकन गर्ने बेला आएको भन्दै आफूलाई जिताएर मौका दिनुस्, कहिल्यै शिर झुक्ने काम नगर्ने आवश्सन दिए । वीरगंजमा देखिएका भ्रष्टाचारी, स्वास्थ्य, शिक्षाको दुरावस्थालाई न्यूनीकरण गर्ने पहिलो प्राथमिकतामा राख्दै मत मागि रहेका द्विवेदीले निर्वाचित भए पहिलो चरणमा सुविधायुक्त अस्पताल, युवाहरुलाई रोजगारी तथा सार्वजनिक विद्यालयहरुको स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका छन् ।
विगतमा धेरै उम्मेदवारहरु यहाँबाट विजयी भएर गए तर यहाँको जनताको लागि कुनै खास काम गरेका छैनन्, बरु जनतालाई नै ठगेका छन्, त्यस्ता ठगहरुबाट सचेत भई एक पटकको लागि भएपनि आफूलाई विजयी गराउन जनताहरुसँग आग्रह गरेका छन् । विगत लामो समयदेखि राजनीति क्षेत्रमा लागेका द्विवेदीको सामाजिक क्षेत्रमा पनि उत्तिकै योगदान छ । यहाँका नेताहरु कति पटक विजयी भएर जनतालाई ठगेका छन्, तर आफूलाई यस पटक विश्वास गरेर आफ्नो अमूल्य मत दिन मतदाताहरुलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया