वीरगन्ज :

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

श्रेणी : राजनीति

3 years
birgunj report
27Views
0 Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकेको छ ।

आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिनेछ । उजुरी दिइसकेपछि उक्त उजुरीमाथि आजै बेलुका ५ बजेदेखि जाँचबुझ गरिनेछ ।

जाँचबुझपछि मंगलबार बेलुका ५ बजेसम्म उजुरीमाथि निर्णय गर्ने कार्यतालिका रहेको छ । त्यस्तै २५ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली आयोगले प्रकाशन गर्नेछ।

आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म देशैभरका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *