वीरगन्ज :

उपेन्द्र यादवसँग कुरा नमिल्दा संसद्मा आज पनि अध्यादेश पेस नहुने

श्रेणी : प्रदेश

7 months
Pradeep Sah
3.0kViews
1196 Shares

काठमाडाैं,२७ माघ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) सँग सहमति जुट्न नसक्दा आज बस्ने सङ्घीय संसद्को दुवै सदनमा अध्यादेश पेस नहुने भएको छ। संसद्को कार्यसूचीबाट अध्यादेश पेस गर्ने विषय हटाइएको छ।

प्रतिनिधि सभामा बहुमत भए पनि राष्ट्रिय सभामा जसपाका ३ मत निर्णायक बनेका छन्। जसपा अध्यक्ष उपेन्द्र यादवले अध्यादेशलाई समर्थन गर्ने शर्तमा सङ्घ सरकारमा स्वास्थ्य मन्त्रालय मागेको बताइएको छ। काँग्रेस र एमालेका शीर्ष नेताहरूले उनलाई मनाउने प्रयास गरिरहेका छन्, तर सहमति जुट्न सकेको छैन।

सरकारले ल्याएका ६ वटा अध्यादेश स्वीकृत गराउन दबाब भए पनि यादवको समर्थनबिना राष्ट्रिय सभामा बहुमत पुग्दैन। देउवा र ओलीले मधेस प्रदेशमा मुख्यमन्त्री दिने प्रस्ताव राखे पनि यादव सङ्घमा मन्त्रालय नै चाहिने अडानमा छन्।

यसैबीच, एमालेले अध्यादेश पारित गराउन माओवादी केन्द्रसँग समर्थन मागे पनि माओवादीले सहयोग गर्न अस्वीकार गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *