वीरगन्ज :

उपेन्द्र यादवलाई सरकारमा ल्याउन कांग्रेस–एमालेको गृहकार्य

श्रेणी : प्रदेश

2 weeks
Pradeep Sah
2.8kViews
1366 Shares

काठमाडौँ,३१ असार । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई सत्ता साझेदारीमा ल्याउन कांग्रेस र एमाले सक्रिय भएका छन्।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरे पनि जसपा नेपाललाई पुनः सरकारमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले पहल थालेका हुन्। राष्ट्रिय सभामा बहुमत नपुगेका कारण सरकारले विधेयक पारित गर्न समस्या हुने देखिएपछि जसपा नेपाललाई सहभागी गराउने गृहकार्य भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० सदस्य आवश्यक पर्छ। कांग्रेससँग १६, एमालेसँग १०, लोसपासँग १ र जसपासँग ३ सदस्य छन्। जसपा नेपाल सरकारमा आए बहुमत पुग्ने भएकाले छलफल तीव्र भएको हो।

जसपा नेपालले सरकारमा नभए पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो। तर, सरकारले सहमतिविपरीत काम गरेको भन्दै केही दिनअघि पार्टीले समर्थन फिर्ता गर्ने निर्णय गरिसकेको छ। यसबीचमा प्रधानमन्त्री ओली र अध्यक्ष यादवबीच सोमबार राति बालुवाटारमा छलफल भएको थियो।

प्रधानमन्त्री ओलीले “मधेशको मुख्य शक्ति तपाईंहरू नै हुनुहुन्छ, सरकारमा आउनुस्” भन्दै प्रस्ताव राखेका थिए। तर, बैठकमा भूमि विधेयक संसद्को कार्यसूचीमा चढाइएको विषयले जसपा नेपालका नेताहरू झस्किएका थिए। वरिष्ठ उपाध्यक्ष राजकिशोर यादवले सहमतिविना विधेयक कार्यसूचीमा राखिएको भन्दै असन्तुष्टि जनाएका थिए।

“सरकारसँग छलफल र सहमतिको वातावरण बनाउन विधेयक कार्यसूचीबाट हटाउनुपर्ने हाम्रो अडान छ,” यादवले भने।

बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले जसपा नेपाललाई सरकारमा ल्याउने गृहकार्य सकारात्मक दिशामा अघि बढिरहेको बताए। तर, जसपाका नेताहरूले सरकारमा सहभागी हुनुअघि कांग्रेस–एमालेले कोर्स करेक्सन गर्नुपर्ने र स्पष्ट रोडम्याप ल्याउनुपर्ने सर्त राखेका छन्।

“एक वर्षदेखि समर्थन गर्दा पनि सरकारले प्रतिबद्धता पूरा गरेन, न संविधान संशोधनमा प्रगति भयो, न सुशासन र आर्थिक गतिशीलता आयो। बजेट र प्रमुख निर्णयमा पनि हामीलाई सहभागी गराइएन,” वरिष्ठ उपाध्यक्ष यादवले भने, “यी सबैमा सहमति भएपछि मात्र हामी पार्टीमा छलफल गरी निर्णय गर्छौं।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *