वीरगन्ज :

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित

श्रेणी : BANNER

3 years
birgunj report
34Views
0 Shares

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् ।

शनिबार संसदमा भएको निर्वाचनमा मगर उपसभामुखमा निर्वाचित भएकी हुन् । उपसभामुखको निर्वाचनमा २६४ जना सांसद सहभागी भएकामा रानामगरको पक्षमा १६६ र विपक्षमा ९७ मत परेको थियो ।

एक सांसद भने तटस्थ रहेका थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरेका थिए । नेपाली कांग्रेसले भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *