वीरगन्ज :

उपराष्ट्रपति यादव साउन ३१ गते चीन भ्रमणमा जाने

श्रेणी : BANNER

2 years
birgunj report
77Views
0 Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव साउन अन्तिम साता चीन भ्रमणमा जाने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले उपराष्ट्रपति यादव साउन ३१ गते चीन भ्रमणमा जाने बताइन् ।

उपराष्ट्रति यादव चीनको कुन्मिङमा हुन लागेको सातौँ चाइना साउथ एसिया एक्स्पोजिसनमा सहभागी हुनेछन् । प्रवक्ता शर्माका अनुसार उपराष्ट्रपतिको चीन भ्रमण साउन ३१ देखि भदौ ३ गतेसम्मको रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *