वीरगन्ज :

उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायम रहने आयोगको निर्णय

श्रेणी : BANNER

2 years
birgunj report
28Views
0 Shares

काठमाडौँ । उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालयले यादवविरुद्ध परेको उजुरी खारेज गर्दै यादवको उम्मेदवारी  कायम गर्ने निर्णय गरेको  हो ।

फरक लिंगको हुनुपर्ने अनिवार्य व्यवस्था नभएको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी कायम गर्ने निर्णय गरेको हो ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उपराष्ट्रपतिका उम्मेदवार यादवविरुद्ध परेका उजुरीहरू खारेज गर्ने निर्णय भएको दिए । यादवविरुद्ध  एमाले र जनमत पार्टीका उम्मेदवारले उजुरी दर्ता गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *