वीरगन्ज :

उपराष्ट्रपतिद्वारा नेता पुनको स्वास्थ्यवस्थाबारे जानकारी

श्रेणी : राजनीति

2 years
birgunj report
3Views
0 Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधबार बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उनले पुनको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

वंशाणुगत जण्डीसबाट पीडित उपमहासचिव पुनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उनको सचिवालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन शनिबार रोल्पाबाट हेलिकोप्टरमा काठमाडौँ फर्केर अस्पताल भर्ना भएका थिए ।

आजै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्यलाभको कामना गरेका छन् । यसअघि मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनलाई भेटी स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *