वीरगन्ज :

उपराष्ट्रपतिको निर्वाचन साँठगाँठ प्रणालीमा चलेको ओलीको आरोप

श्रेणी : राजनीति

2 years
birgunj report
13Views
0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिक भन्दा पनि साँठगाँठ प्रणालीमा चलेको आरोप लगाएका छन् ।

शुक्रबार संसद भवन नयाँबानेश्वरमा उपराष्ट्रपति निर्वाचनमा मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक प्रणालीमा हारजित हुनु स्वभाविक भएपनि अहिलेको निर्वाचन नै साँठगाँठ प्रणाली चलेको आरोप लगाएका हुन् ।

कांग्रेससँगको सहकार्यका विषयमा अहिले नै भन्ने बेला नआएको भन्दै अध्यक्ष ओलीले सहकार्यका विषयका कांग्रेसकै केही नेता त्रसित भएको बताए । केन्द्र र प्रदेशमा प्रतिपक्षमा बसेर काम गर्दा एमालेको राजनीति थप सशक्त हुने ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले शान्ति प्रक्रियाका बाँकी काम समयमा नै टुङ्गाउनुपर्ने र संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा एमालेले आवश्यक धारणा तय गर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *