वीरगन्ज :

उपभोक्ता हित संरक्षणका लागि छुट्टै प्राधिकरण गठनको माग

श्रेणी : अर्थ

5 months
Pradeep Sah
1.8kViews
1063 Shares

वीरगन्ज, २२ माघ । उपभोक्ता अधिकारकर्मीहरूले उपभोक्ता हित संरक्षणका लागि छुट्टै अधिकार सम्पन्न प्राधिकरण गठन गर्न सरकारसँग माग गरेका छन्। वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले वीरगन्जमा आयोजना गरेको उद्योग र वाणिज्यक्षेत्रका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा सहभागीहरूले उपभोक्ताको शिक्षा पाठ्यक्रममै समावेश गर्नुपर्ने र अनुगमनको कार्यलाई व्यवस्थित गर्न आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले नेपाललाई डम्पिङ साईटमा परिणत गर्ने खतराबारे चिन्ता व्यक्त गरे। उनले विभिन्न निकायहरूको क्षेत्राधिकार नसमेटिएका कारण गुणस्तर परीक्षणमा अनियमितता रहेको र यसले उपभोक्ता हितमा नकारात्मक प्रभाव पारेको बताए।

उद्योगीहरूले भने अनावश्यक अनुगमनले व्यवसायीलाई त्रसित बनाएको गुनासो गरे। उनीहरूको भनाइमा राज्यका अन्तरसरकारी निकायबीच समन्वयको अभावले व्यवसाय सञ्चालनमा थप समस्या सिर्जना भएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, बारा उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रदीप साह, तथा उपभोक्ता अधिकारकर्मी र व्यवसायीहरूले आ-आफ्ना धारणा राख्दै उपभोक्ता संरक्षणका लागि ठोस संरचना निर्माणको माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *