वीरगन्ज :

उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसारमा रोक

श्रेणी : BANNER

2 years
birgunj report
142Views
0 Shares

काठमाडौं। निर्वाचन आयोगले १० वैशाखमा हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्न रोक लगाएको छ । बिहीबार मध्यराति १२ बजेदेखि १० वैशाखसम्म मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । १० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ । 

‘प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन २०८० का लागि निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयन भइरहेको अवगत नै छ,’ उनले भने, ‘उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाबमोजिम आज मिति २०८० वैशाख ७ गतेको  राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *