वीरगन्ज :

उपनिर्वाचनको परिणामले रुपान्तरित हुने सन्देश दियोः महामन्त्री शर्मा

श्रेणी : BANNER

2 years
birgunj report
22Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले आफूहरुलाई रुपान्तरित हुने सन्देश दिएको बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘उपचुनावमा विजयी मित्रहरूलाई बधाई तथा शुभकामना । परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफुलाई बदल्नुछ । नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी । आदरणीय मतदाताको प्रत्येक मतलाई सम्मान छ । जय नेपाल !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *