वीरगन्ज :

उपनिर्वाचनः उजुरीमाथि छानबिन गरी आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने

श्रेणी : BANNER

2 years
birgunj report
6Views
0 Shares

काठमाडौं। निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारविरुद्ध परेकम उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दैछ । आयोगले उम्मेदवारका बिरुद्धमा मंगलबार परेका उजुरीमाथि आज छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । 

तनहुँ–१, चितवन–२ र बारा–२ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मंगलबार उजुरी दर्ताको समय तोकेको थियो । तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गरे पनि मुख्यतः चितवन–२ का उम्मेदवार रवि लामिछानेबिरुद्ध ४ वटा उजुरी परेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने यसअघि सर्वोच्च अदालतले सांसद पद खारेज गरे पछि सो क्षेत्र पुनः उपनिर्वाचन हुन लागेको हो । उनीविरुद्धपरेको उजुरी माथि चितवन निर्वाचन कार्यलयले छानबिन गरी रायका लागि निर्वाचन आयोगमा पत्र पठाउँदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *