वीरगन्ज :

उपत्यकामा सवारीसाधनको स्पीड लिमिट प्रतिघन्टा ५० किलोमिटर

श्रेणी : समाज

2 years
birgunj report
30Views
0 Shares

काठमाडौं । काठमाडौं उपत्यकामा प्रतिघन्टा ५० किलोमिटर भन्दा बढीको स्पीडमा सवारीसाधन चलाउन नपाइने भएको छ ।

महानगरी ट्राफिक प्रहरी महाशाखाले सूचना जारी गरी कलंकी–कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि यस्तो व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *