बीरगन्ज,१० फागुन । सामाजिक सेवामा सक्रिय उपकार सेवा नेपालले बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जका ४३ वर्षीय सुमन कार्कीलाई ह्वीलचेयर प्रदान गरेको छ।
तीन वर्षअघि दुर्घटनामा परी स्पाइनल इन्जुरीका कारण हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका सुमनलाई ह्वीलचेयर प्रदान गर्दै उनको दैनिकी सहज बनाउने प्रयास गरिएको उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले बताइन्।
अध्यक्ष सरावगीसहित संस्था सदस्य अंकुर शर्मालगायतको टोली सुमनको घरमै पुगेर ह्वीलचेयर हस्तान्तरण गरेको थियो। सामाजिक अभियन्ता प्रकाश थारुका अनुसार सहयोग अभियानलाई निरन्तरता दिने लक्ष्य राखिएको छ।
प्रतिक्रिया