वीरगन्ज :

उधोग बाणिज्य महासंघको कार्यकारिणी सदस्यमा डा.गुप्ता उम्मेदवार सिफारिश

उधोग बाणिज्य महासंघको कार्यकारिणी सदस्यमा डा.गुप्ता उम्मेदवार सिफारिश

श्रेणी : मधेस

2 years
Pradeep Sah
32Views
0 Shares

काठमाडौं ।डा. सुबोध कुमार गुप्ता उधोग बाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेदवार सिफारिश भएका छन्।

नेपाल चामल दाल तेल उद्योग संघले सुबोध कुमार गुप्तालाई नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेदवारीका लागि सिफारिश गरेको छ । संघले गुप्तालाई महासंघको वस्तुगततर्फको कार्यकारिणी सदस्य पदका लागि सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चामल दाल तेल उद्योग संघको केन्द्रीय अध्यक्षसमेत रहेका गुप्तालाई संघले दोस्रो कार्यकालका लागि सिफारिश गरेको हो । गुप्ता अहिले महासंघको कार्यकारिणी सदस्य छन् । उनी वस्तुगत तर्फ सो संघबाटै कार्यकारिणी सदस्यमा चुनिएका हुन् ।

महासंघको नेतृत्वमा पुगेर चामल, दाल र तेल उद्योगसँगै समग्र निजीक्षेत्रका समस्याको उठान र सम्बोधनमा अग्रणी भूमिका निर्वाह गरेकाले संघले दोस्रो कार्यकालका लागि पनि महासंघको सदस्यमा उनलाई सिफारिश गरेको हो ।

यही चैत २८ गतेदेखि काठमाडौंमा शुरू हुने महासंघको महाधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्दै छ । गुप्ता वीरगञ्ज उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *