
श्रेणी : BANNER
14Views
0
Shares

वीरगंज । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको स्वकिय सचिवमा नेपाली कांग्रेसका नेता बृहस्पती कृष्ण श्रेष्ठ र युवा नेता राकेश यादव नियुक्त भएका छन् ।
पर्साकाे ठाेरी नगरपालिका निवासी श्रेष्ठ र बहुदरमाई नगरपालिकाका निवासी यादवलाई मन्त्री रिजालले स्वकीय सचिवमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री समेत श्रेष्ठ मन्त्री रिजालकाे प्रथम स्वकिय सचिवमा र नेवि संघका पूर्व जिल्ला सभापति समेत रहेका यादव स्वकिय सचिवमा नियुक्त भएका हुन् ।
श्रेष्ठ गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट गाँउपालिका अध्यक्षको प्रत्याशी थिए भने यादव ठाकुर राम बहुमुखी क्याम्पसका पूर्व स्ववियू सचिव हुन् । कालिका टाईम्स

प्रतिक्रिया