वीरगन्ज :

उदयपुरबाट लिखत सम्बन्धी कसूरमा १ जना पक्राउ

श्रेणी : अपराध

3 months
Pradeep Sah
2.9kViews
1535 Shares

उदयपुर, २० चैत्र । जिल्ला प्रहरी कार्यालय उदयपुरले लिखत सम्बन्धी कसूरमा १ जनालाई पक्राउ गरेकाे छ ।झुठो लिखत बनाएको कसुरमा राजविराज नगरपालिका वडा नं. ३ हनुमान चौक घर भई हाल जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं. ११ पुरानो गाईघाटमा कोठा भाडा लिई बस्ने बर्ष ३२ को विवेक थापा मगरलाई प्रहरीले पक्राउ गरेर कार्वाही अघि बढाएको हो ।

मगरले उदयपुर र खोटाङ जिल्लाका केही व्यक्तिहरुलाई मोटरसाईकल, स्कुटरको सवारी दर्ता किताब र बिमा नविकरण गरिदिने आश्वासन दिलाई झुट्टा लिखत बनाएको भनि यस कार्यालयमा जाहेरी दरखास्त परेको थियो । जाहेर दरखास्त दिएको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरले निज विवेक थापा मगरलाई गत फागुन २० गते नियन्त्रणमा लिएको थियो ।

प्रहरी अनुसन्धानको क्रममा निजले उदयपुर र खोटाङका केही व्यक्तिहरुबाट सवारी दर्ता किताब नविकरण गरिदिने भनी सवारी दर्ता किताब र नगद समेत लिएका थिए । आवश्यक छानविन तथा अनुसन्धानबाट यातायात व्यवस्था सेवा कार्यालय गाईघाट, उदयपुरको कार्यालयको सहीछापको झुट्टा लिखत बनाएको खुलेको छ ।

अनुसन्धान कार्य सम्पन्न गरी निजलाई सम्मानित उदयपुर जिल्ला अदालतमा पेश गरेकोमा लिखत सम्बन्धी कसूरमा २०८१ चैत्र १९ गतेको आदेशले निजलाई पुर्पक्षको लागि जिल्ला कारागार उदयपुरको थुनामा राख्न पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *