
श्रेणी : अपराध
उदयपुर,२७ चैत । पछिल्लो समय उच्च कोटीको लागू पदार्थ खैरो हेरोइन (ब्राउन सुगर) प्रयोग र कारोबार ह्वात्तै बढेको पाइएको छ । प्रहरीले दिनहुँ जस्तो संलग्नहरूलाई पक्राउ गरिरहेको छ।
यसैबिच जिल्लाको पूर्वी भेग बेलका नगरपालिकाबाट २ युवक ब्राउनसुगरसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बेलमा ९ रामपुरबाट ३९ प ५६४९ नम्बरको स्कुटर चेक जाँचको क्रममा चालक बेलका ३ का २६ वर्षीय मुस्कान राई र पछाडि सवार २१ वर्षीय खम्बबहादुर दाहाल पक्राउ परेका हुन् । उनीहरूको साथबाट ब्राउन सुगर १ ग्राम ३३८ मिलिग्राम बरामद भएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको हिरासतमा राखेर जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताए ।

प्रतिक्रिया