वीरगन्ज :

उत्तर कोरियाद्वारा ९ सय किलोमिटर पर मार हन्नसक्ने अन्तरमहादेशीय क्षेप्यास्त्र प्रहार

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
140Views
0 Shares

उत्तर कोरियाले अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रहार गर्दै उक्त हतियारको विश्वसनीयता पुष्टि गरेको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

६७ मिनेटसम्म उडेपछि ९०० भन्दा धेरै किलोमिटर पर ’सी अफ जापान’मा उक्त क्षेप्यास्त्रलाई खसालिएको थियो । प्योङ्याङले उक्त परीक्षणमार्फत त्यस क्षेप्यास्त्र अमेरिका र दक्षिण कोरियाजस्ता विरोधी पक्षसँग जुझ्न सक्षम भएको देखाएको जनाएको छ ।

यो परीक्षण अर्को महिना वासिङ्टन र सोलबीच हुने संयुक्त अभ्यासहरूअघि भएको हो । यो अर्को महिना वासिङ्टन र सोलबीच हुने संयुक्त अभ्यासहरूअघि भएको हो । ती सैन्य अभ्यासहरू उत्तर कोरियाका बढ्दो परमाणु जोखिम सामना गर्ने गरी तय गरिएका छन् ।

प्योङ्याङका अधिकारीकाहरूले त्यस्ता कुनै अभ्यासहरूविरूद्ध अभूतपूर्व रूपमा कडा प्रतिरोध गर्ने धम्की दिएका छन् जसलाई उनीहरूले उत्तर कोरियामा अतिक्रमण गर्ने तयारीका रूपमा बुझेको बताएका छन् ।

उत्तर कोरियाली नेता किम जङ–अनकी बहिनी किम यो–जङले पुनः यसलाई दोहोर्याएकी थिइन् । उनले जुन कुनै शत्रुतापूर्ण कार्यहरूको कडा र भयानक जवाफहरू हुने बताइन् । उनले अमेरिकालाई उत्तर कोरियाली शासनलाई ‘खतरा’मा पार्ने खालका गतिविधिहरू बन्द गर्न आह्वान गरिन् ।

किम यो–जङले दक्षिण कोरियाली राजधानी सोल भने उत्तर कोरियाली क्षेप्यास्त्रको निशानामा नपारिने बताइन् । शुक्रबार उत्तर कोरियाले उसको विशाल सैन्य क्षमता एउटा परेडमार्फत देखाएको थियो जसमा एक दर्जनभन्दा बढी सङ्ख्यामा आईसीबीएमहरू थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *