
श्रेणी : अन्तर्राष्ट्रिय
उत्तर कोरियाले दक्षिण कोरियातर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । कोरिया विभाजन भएयता पहिलो पटक दुई देशबीचको समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार भएको हो ।
छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र दक्षिण कोरियाली टापु उलुङ्डो नजिकै खस्दा त्यस टापुमा हवाई हमला भएको चेतावनी दिने साइरन बजेको थियो ।
उक्त सानो टापुका बासिन्दाहरूलाई त्यहाँबाट हट्न र सुरक्षित ठाउँमा आश्रय लिन भनिएको छ । स्थानीय समय अनुसार बिहान ९ बजेतिर प्योङयाङले कुल तीनवटा छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्रहरू उसको पूर्वी तटतर्फबाट प्रहार गरेको हो ।
दक्षिण कोरियाली अधिकारीहरूले तत्कालै ती प्रहारको निन्दा गरेका छन् । राष्ट्रपति युन शुक–योलले राष्ट्र सुरक्षा बैठक बोलाएका छन् ।
पछिल्ला प्रहारहरू प्योङयाङले अमेरिका र दक्षिण कोरियालाई यसै साता कोरियाली प्रायद्वीप आसपास संयुक्त सैन्य अभ्यासहरू नगर्न चेतावनी दिएको एक दिनपछि भएको हो ।
उत्तर कोरियाले अभ्यासहरूपछि शक्तिशाली जवाफहरू दिइने धम्की दिएको थियो । दक्षिण कोरियाली र जापानी अधिकारीहरूले बुधबार बिहान क्षेप्यास्त्र प्रहार भएको थाहा पाएका थिए ।
जसमा एउटाले समुद्री सीमाको रूपमा मानिआइएको एउटा विवादित सीमारेखा पार गरेको थियो।

प्रतिक्रिया