
श्रेणी : BANNER
काठमाडौं,०८ असार । भारतको उत्तराखण्ड राज्यस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवाको सफल उद्धार गरिएको छ। उनीहरूलाई आकर्षक रोजगारीको लोभ देखाएर भारत लगिएको र त्यहाँ बन्धक बनाई कुटपिट तथा यातना दिँदै विभिन्न बहानामा रकम असुलिएको खुलेको छ।
परराष्ट्र मन्त्रालयको निर्देशनमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इण्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा असार ५ गते उनीहरूको उद्धार गरेको हो।
दूतावासका अनुसार घटनामा संलग्न केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरिसकेको छ र थप अनुसन्धान जारी छ। त्यस्तै, उत्तराखण्डका अन्य स्थानहरूमा पनि नेपालीहरू बन्धक बनाइएका आशंका गरिएको छ र उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
उद्धार गरिएका युवाहरूलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरेर चाँडै नेपाल फर्काइने जानकारी दूतावासले दिएको छ।


प्रतिक्रिया