वीरगन्ज :

उडिरहेको विमानभित्र पाइलटको सिटमुनि गोमन सर्प भेटिएपछि….

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
15Views
0 Shares

दक्षिण अफ्रिकामा विमानचालक रुडोल्फ एरास्मसका लागि त्यो नियमित उडान थियो । तर आकाशमा ११ हजार फिटको उचाइमा उनले विमानभित्र थप एक यात्रु पनि रहेको भेउ पाए । तर यात्रु मानव नभई गोमन सर्प थियो जुन उनको सीटमुनि आफ्नै चालमा हिँडिरहेको थियो ।

उनले त्यसअघि आफ्नो ढाडमा चिसोपन महसुस भएको र पानीको बोतलका कारण त्यसो भएको होला भन्ने लागेर आफूले वास्ता नगरेको बताए । पानीको बोतल राम्रोसँग बन्द भएन होला र त्यसैले पानी चुहिएर कमिजभित्र पस्यो होला भन्ने आफूलाई लागेको उनले बताए। एनले भने,’बायाँतिर फर्किएर भुइँमा हेर्दा मैले गोपन साँप देखेँ। सीटमुनि ऊ टाउको पछाडितिर फर्काउँदै थियो।’

ब्लूम्फोन्टेनबाट प्रेटोरियाका लागि उडेको उक्त विमानलाई उनले आकस्मिक अवतरण गराउने निर्णय गरे । उक्त निजी ‘बीचक्राफ्ट ब्यारो ५८’ विमानमा चार यात्रु थिए । गोमन सर्पलाई खतरनाक मानिन्छ । त्यसले टोकेको ३० मिनेटभित्रै मानिसको ज्यान जान सक्छ ।

त्यसैले अरू व्यक्ति नआत्तिऊन् भनेर एरास्मसले विचारपूर्वक यात्रुहरूलाई विमानभित्र एक अतिरिक्त यात्रु पनि रहेको जानकारी दिए । उक्त सर्पपछाडि गएको र त्यसबाट अरूहरू आतङ्कित भइसकेका छन् कि भन्ने डर उनलाई लागेको थियो ।

त्यही भएर अन्ततः पाइटलले यात्रुहरूलाई विमानभित्र सर्प रहेको जानकारी दिए । एरास्मसका अनुसार केही क्षण सबै जना स्तब्ध भएका थिए । विमानचालकहरूलाई कैयौँ सम्भावित परिस्थितिबारे तालिम दिइएको हुन्छ। तर ककपिटमा सर्प देखियो भने के गर्ने भन्नेमा उनीहरूलाई खासै भनिएको नहुने उनले बताए ।

आफू अत्तालिएको भए अवस्था थप बिग्रिन सक्थ्यो भन्ने उनलाई लाग्छ । उक्त विमानले वेल्कम सहरमा आपतकालीन अवतरण गरेको थियो । उक्त विमान वुस्टर फ्लाइङ क्लबबाट उडेको थियो ।

त्यहाँ काम गर्ने दुई व्यक्तिहरूले आफूले विमानको मुन्तिर एउटा सर्प बसिरहेको देखेको जनाएका छन् । त्यो सर्पलाई समात्ने आफ्नो प्रयास विफल भएको उनीहरूले बताए । एरास्मसले आफूले यात्रुसहित विमान चढ्नुअघि पनि उक्त सर्प कहाँ गयो भनेर खोज्ने प्रयास गरेको बताए । अझै पनि उक्त विमानभित्र देखा परेको सर्प फेला परिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *