श्रेणी : BANNER
काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेता सत्ता सहकार्यलाई अझ मजबुत बनाएर लैजान सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा नेताहरु सहकार्यलाई मजबुत बनाएर लैजान सहमत भएका हुन् ।
बैठकमा सरकारका कामबारे पनि समीक्षा गरिएको र सरकार निर्माण गर्दा भएको सहमतिलाई नै निरन्तरता दिने सहमति भएको उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङदेनले जानकारी दिए ।
उनले भने, ‘आगामी दिनमा अझ मजबुत ढंगले सहकार्यलाई अघि बढाएर लैजाने भन्ने सहमति भएको । यसप्रकारको भेटघाटलाई कायम राख्ने र निरन्तरता दिने भन्ने सहमति भएको छ । हामीले सरकार निर्माणका क्रममा गरेको सहमति नै अहिले पनि सत्तासाझेदार दलहरूमा विमति छैन । बाहिर आएका कुरामा सत्यता छैन ।’
यसअघि शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो। जसमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जसपा उपस्थित भएनन् । ती दल आजको बैठकमा पनि सहभागी भएनन् ।
प्रतिक्रिया