वीरगन्ज :

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भावी राष्ट्रपतिकाबारेमा छलफल

श्रेणी : राजनीति

2 years
birgunj report
14Views
0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरिएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिएको हो ।

सरकारको कामको समीक्षासमेत गरिएको बैठकमा राष्ट्रपति निर्वाचनसहित समसामयिक राजनीतिका विषयमा छलफल भएको छ । बैठकमा अहिलेसम्म सरकारले गरेका कामको समीक्षा गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार शीर्षनेताहरूका बीचमा समसायिक राजनीतिक विषय, सरकारको काम कारबाही, राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल भएको छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङदेन सहभागी थिए । जनमत र नागरिक उन्मुक्ति पार्टीका नेता भने बैठकमा सहभागी भएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *