श्रेणी : राजनीति
7Views
0
Shares
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भएको भेटपछि आजका लागि संयन्त्रको बैठक बोलाइएको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालयले बताएको छ । संयन्त्रका संयोजक एमाले अध्यक्ष ओली हुन्। संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछिको अवस्था, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ । रास्वपा सरकारबाट बाहिरिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताइएको छ।
प्रतिक्रिया