वीरगन्ज :

ई रिक्साकाे ठक्करबाट गम्भिर घाइते साइकल यात्रुकाे मृत्यु

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.5kViews
1127 Shares

वीरगंज । ई रिक्साकाे ठक्करबाट घाइते भएका साइकल यात्रुकाे मृत्यु भएकाे छ ।

ई  रिक्साकाे ठक्करबाट घाइते भएका पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ बलुवा निवासी ३० बर्षिय साेनालाल रामकाे शुक्रबार मृत्यु भएकाे वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक धर्मराज थिङ्गले जानकारी दिए ।

बिहिबार सांझ म.प्र. ०३-००१ अ १८१९ नम्बरकाे ई रिक्साकाे ठक्करबाट गम्भिकर घाइते भएका रामकाे उपचारकाे क्रममा वीरगंजस्थित नेपाल मिडिसिटी बयाेधा अस्पतालमा मृत्यु भएकाे प्रहरी निरिक्षक थिङ्गले वताए ।

बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ४ स्थित केडिया आँखा अस्पताल अगाडी मेन राेडमा साइकलमा सवार रामलाई परवानीपुरबाट गण्डक तर्फ जाँदै गरेकाे ई रिक्साले ठक्कर दिएकाे थियाे । मृतककाे स्थायी घर सखुवा प्रसाैनीकाे बलुवा भएपनि उनी वीरगंज महानगरपालिकाकाे वडा नं. २१ सुखचैनामा बस्दै आएका थिए ।

ई रिक्साकाे ठक्करबाट गम्भिर घाइते रामलाई साेही ई रिक्सा चालक वीरगंज महानगरपालिकाकाे वडा नं. २१ निवासी कृष्ण कुमार महताेले वयाेधा अस्पतालमा पुर्याएर फरार भएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *