वीरगन्ज :

ईसीडीको समस्या समाधान गर्न कार्यदलले काम गरिरहेको छ : शिक्षामन्त्री भट्टराई

श्रेणी : प्रदेश

7 months
Pradeep Sah
1.7kViews
1851 Shares

काठमाडौं,२२ पुस । शिक्षामन्त्री विद्या भट्टराईले पालिकाको शिक्षा योजनाविना सांसदहरू नै फाइल लिएर हिँड्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताएकी छन् ।

शिक्षा सुधारका लागि भन्दै काठमाडौंको माइतीघरमण्डलामा उभिएर आन्दोलन गरिरहेका नेत्र चापागाईंलाई सोमबार भेट्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन् ।

हरेक पालिकासँग शिक्षा योजना र शिक्षा कोर्ष हुनुपर्ने भन्दै उनले प्रारम्भिक बाल विकास (ईसीडी) को समस्या समाधान गर्न मन्त्रालयले कार्यदल बनाएर काम गरिरहेको बताइन् । मन्त्री भट्टराईले दरबन्दीबारे पनि पुनरावलोकन भइरहेको बताइन् ।

माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्रले स्थगित गरे आन्दोलन

मन्त्री भट्टराईले आफू चालु आर्थिक वर्षको बजेट बनाइसकेपछि आएकाले आफ्नो योजना बजेटमा राख्न नसकेको बताउँदै यस वर्ष आवश्यक नरहेको कार्यक्रमलाई विपद्मा लैजान सकिने भएकाले प्रस्ताव अर्थ मन्त्रालयमा लगेको जानकारी दिइन् ।

मन्त्री भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएसँगै चापागाईंले आन्दोलन स्थगित गरेका छन् । चापागाईंले ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ बुँदे माग राखेर आन्दोलन गर्दै आइरहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *