वीरगन्ज :

ईभी सवारी साधनको गुणस्तर कमजोर, साना लगानीकर्ता र बैंकहरु ठूलो जोखिममा

श्रेणी : BANNER

3 months
Pradeep Sah
1.6kViews
1275 Shares

बीरगंज । पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधन (ईभी) को माग बढ्दै गए पनि चीनबाट आयात गरिएका केही ईभी सवारी साधनले लगानीकर्तालाई निराश बनाएको छ । kYC ब्रान्डका सवारी साधन सीजी ग्रुपबाट तथा FOTON ब्रान्डका सवारी साधन एम.ए.डब्ल्यू. ग्रुपबाट आयात मइरहेका गाडीहरु प्रयोगमा आएदेखि नै विभिन्न समस्याहरू देखिन थालेका छन्, जसले गर्दा साना लगानीकर्ताहरु ठूलो जोखिममा परेका छन् ।

ईभीमा सबैभन्दा बढी समस्या सवारी साधनको कमजोर शारीरिक संरचना रहेको र यी सवारीका अधिकांश भागहरू ०.५ एम एम जस्तो पतलो माइल्ड स्टिल (एमएस)े पातबाट निर्मित भएकाले ती बलियो र टिकाउ न भएको ईभी खरीदकर्ताको भनाईरहेकोछ ।
सीटहरू जडान गरिएको स्थानहरूमा पातलो कमजोर पात पर्योग भएरका कारण एक वर्ष नबिद्दै प्वाल पर्ने समस्या देखिएको छ । एक वर्षको प्रयोगपछि नै गाडीमा खिया लाग्ने, भाँचिने तथा अन्य संरचनागत समस्याहरू देखा पर्नथालेको छ ।

यसका अतिरिक्त, ब्याट्रीको क्षमता पनि विक्रेता कम्पनीहरूले दाबी गरेभन्दा निकै कमजोर देखिएको छ । प्रारम्भिक रूपमा ३५० किलोमिटर रेन्ज दिने भनिएको भए पनि वास्तविक प्रयोगमा यो निकै कम रहेको छ । समथलमा जम्मा २०० किलोमिटर र पहाडी क्षेत्रमा जम्मा ११० किलोमिटरको रेन्ज दिनेगरेको गडी धनिको भनाइ छ । गाडीलाई बारम्बार चार्ज गर्नुपर्ने भएकाले व्यवसायिक प्रयोजनमा सञ्चालन गर्न कठिनाइ भइरहेको समेत उनको भनाइ छ ।

लगानीकर्ताहरूका अनुसार यस्तो गम्भीर समस्याको कारण भने ऋण चुक्ता गर्न समेत धाउ धाउ परिरहेको उनिहरुको भनाई छ । अधिकांश यात्री ओसारपसार गर्ने ईभी गाडीहरू बैंकबाट ऋण लिएर खरिद गरिएका छन् । तर, गाडीमा बारम्बार समस्या आउँदा आम्दानी घटेको छ, जसले गर्दा ऋण किस्ता तिर्ने क्रममा लगानीकर्ताहरू समस्यामा परेका छन् । आउँदो समयमा यसले लगानीकर्ताहरू संगसंगै बैंकहरुको समेत लगनी डुब्ने खतरा देखिएको छ ।

त्यसैगरी यात्रीहरूको संख्यामा कमी आउनु अर्को चुनौतीको रूपमा देखिएको छ । नेपालमा रोजगारीका अवसर नहुँदा युवा जनशक्ति विदेशी मुलुकतर्फ आकर्षित भइरहेका छन् । यसले गर्दा सार्वजनिक यातायातमा यात्रुहरूको संख्या घट्दै गइरहेको छ, जसले सवारी व्यवसायीलाई थप मारमा पारेको छ ।

यी समस्याहरूले गर्दा चीनबाट आयात गरिएका ईभी सवारी साधनमा लगानी गर्नु अगाडि गम्भीर विचार गर्न विज्ञहरू सुझाउँछन् । नेपालमा विद्युतीय सवारीको लोकप्रियता बढ्दै गए पनि यथार्थपरक जानकारी बिना लगानी गर्दा घाटा बेहोर्नुपर्ने अवस्था आउन सक्ने उनीहरूको चेतावनी छ । सवारी साधन खरिद गर्दा गुणस्तर, ब्याट्री क्षमता, सञ्चालन लागत तथा दिगोपनलाई गहिरो रूपमा अध्ययन गरेर मात्र लगानी गर्नु उपयुक्त हुने विज्ञहरूको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *