श्रेणी : मधेस

वीरगंज, पर्सा
इम्प्रोविङ वीरगंज द्वारा महिला सम्मान समारोह कार्यक्रम सम्पन्न भएको छ।
वीरगंज स्थित कैलास होटलमा इम्प्रोविङ वीरगंज द्वारा सम्मान समारोह कार्यक्रम को आयोजना गरिएको थियो।
सम्मान समारोह का प्रमुख अतिथि वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम ले भने “नारीलाई पूजा गर्दा ईश्वर पनि खुशी हुने विश्वासमा रहेको नेपाली समाजमा आज पनि कतिपय कूरीति चुनौतिका रुपमा रहेका छन् । तसर्थः हामीले धार्मिक ग्रन्थमा व्याख्या गरिएकी नारी र व्यवहारमा देखिने नारीको अवस्थाका बीचमा विद्यमान खाडल पुर्नसक्नै पर्दछ ।”
“हाम्रो समाजमा विद्यमान दाइजो प्रथा, बोक्सीको नाममा हुने ज्यादती, छाउपडीजस्ता कूरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौति दिइरहेका छन् । अब हामीले विलम्ब नगरी विभेदर कूरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाजनिर्माण गर्न सक्नुपर्दछ ।”
त्यसतै महिला हिंसाका घटनाहरू निरन्तर रूपमा बृद्धि हुँदै जानु सबैका लागि चुनौती भएको उल्लेख गर्दै आगमी दिनमा सवैको साझा प्रयास र समन्वयबाट समास्या समाधानका लागि आगाडि बढ्नु पर्ने बताए ।
साथै उप-प्रमुख आलम ले भने अहिले पनि महिला हिंसाका घटनाहरूमा कमी नआएको बताउँदै हिंसाका घटनाहरूलाई मिलामत्रमा सिमित नराखि आवश्यकता अनुसार कानुन अनुसारको दण्ड सजाय गर्न अवाश्यक भएको बताए तथा महिला अधिकारलाई नारामा मात्रै सिमित नभई प्रभावकारी कार्यन्वयनमा लाग्नु पर्ने बताए ।
उक्त सम्मान समारोह कार्यक्रममा सम्मान पाउने महिलाहरुमा उषा राना,मीनकक्षि गुप्ता,मधु राना,कविता छेत्री लगायत लाइ वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम ले आफ्नो हातबाट सो सम्मान तथा प्रसंशा पत्र वितरण गरेका थिए।
उक्त कार्यक्रम वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम को प्रमुख अतिथि मा भएको कार्यक्रममा इम्प्रोविङ वीरगंजकि अध्यक्ष पिन्की साह, वीरगंज महानगरपालिका कि कार्यपालिका सदस्य कोनिका कौसिक,जिल्ला प्रहरी कार्यालय पर्सा का प्रहरी निरिक्षक मनिशा लौडारी,वीरगंज महानगरपालिका का उप प्रमुख का स्वकिय सचिव शेष हजरा,वीरगंज महानगरका कर्मचारी कमल महतो,नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव,पत्रकार राहुल गुप्ता,लगायतको उपस्तिथी रहेको थियो।
    
    
    
									
									
									
									
									
									
        
        
प्रतिक्रिया