वीरगन्ज :

इप्रका पाेखरियाद्वारा टिनडाेवियामा छापा, लागुऔषध चरेशसहित कुर्मी पक्राउ

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.0kViews
1892 Shares

वीरगंज (पर्सा), १५ वैशाख । इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेकाे छ ।

विशेष सूचनाकाे आधारमा शनिबार विहान २:३० बजेकाे समयमा इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केसीकाे कमाण्डमा खटेकाे प्रहरी टाेलीले कालिकामाई गाउँपालिकाकाे वडा नं. –१ टिन्डोबियास्थित बृजेश प्रसाद कुर्मीको घरबाट लागु औषध चरेश बरामद गरेकाे हाे ।

कुर्मीकाे घर खानतलासी गर्दा निजको घरको बरन्डामा सिमेन्टको बोरा भित्र राखिएको ३१ वटा चारपाटे आकारको पोकामा जम्मा १७ कीलो लागू औंषध चरेश फेला परेकाे प्रहरीले जनाएकाे छ । उक्त लागू औंषध सहित निज कुर्मीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालय पाेखरियाकाे हिरासतमा राखेर निज विरुद्ध लागु औषध मुद्दामा प्रहरीले अनुसन्धान अगाडी बढाएकाे छ ।  कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *